वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई रमेश विकल वाङ्मय पुरस्कार

काठमाडौं । रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले ५० हजार रुपैयाँ राशिको पुरस्कार ग्वांगलाई प्रदान गरिएको हो ।

यस्तै २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार सपना रोका मगरलाई प्रदान गरिएको छ ।

त्यस्तै रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्यकार लक्ष्मी उप्रेती तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईँलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

रमेश विकल कला-संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ ।

१४ औँ विकल स्मृति दिवसको अवसरमा शनिवार राजधानीमा गरिएको कार्यक्रममा यी पुरस्कारहरू अर्पण गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य सन्तोष चालिसले उद्घाटन गर्नु भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रदेश सभासद् छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेका हुन्। सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोकार्पण पनि गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्राध्यापक डाक्टर हेमनाथ पौडेल, प्राध्यापक जगत उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाल लगायतले नेपाली साहित्यमा विकलको योगदानको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराएका थिए ।

Comments

One response to “वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई रमेश विकल वाङ्मय पुरस्कार”

  1. Alok Avatar
    Alok

    जय नेपाली साहित्य।
    श्रद्धा सुमन किर्तिसेष विकल प्रति।

Leave a Reply

Your email address will not be published. Required fields are marked *