कांग्रेस समानुपातिक सांसद चयनमा परिवारवाद, प्रधानमन्त्री र गृहमन्त्री पत्नी पनि अटाए

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। समानुपातिक सांसदको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश भएको छ।

महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरज देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद भएकी हुन्। प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।

पत्नी मञ्जु समानुपातिकबाट संसद् प्रवेश गरे पनि गृहमन्त्री खाण निर्वाचनमा पराजित भए। तर, प्रधानमन्त्री देउवा र उनको पत्नी आरज संसद‍्मा देखिँदैछन्।

यस्तै, समानुपातिकतर्फ पुरुषमा प्रवक्ता प्रकाशशरण महत खस आर्यतर्फबाट, विमलेन्द्र निधि मधेसीतर्फ र जीवन परियार दलिततर्फको क्लस्टरबाट सांसद बनेका छन्। यी ती नेता छान्न कांग्रेसलाई ठूलो सकस परेको थियो।

देउवाले गोपालमान श्रेष्ठलाई ल्याउन खोजेका थिए। तर, संस्थापन इतर पक्षले अडान नछाडेपछि सह महामन्त्री समेत रहेका परियारले अवसर पाएका थिए।

प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको थियो। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले कांग्रेसले ३ जना मात्रै पुरुष पठाउन बाध्य भएको थियो।

Comments

One response to “कांग्रेस समानुपातिक सांसद चयनमा परिवारवाद, प्रधानमन्त्री र गृहमन्त्री पत्नी पनि अटाए”

  1. ksp pyl Avatar
    ksp pyl

    वहाँहरूले श्रीमानज्यूहरूलाई सरकारी काममा समेत सघाउनु भएको छ । आर्थिक व्यवस्थापनक‍ो पाटोमा सक्रिए सहयोग गरेको सुनिन्छ । योगदान छैन, परिवारवाद भयो भनेर मात्र हुन्छ ? योगदान हेर्नुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *