विवादास्पद छवि भएका एकनाथ ढकाल एमालेको समानुपातिक सांसद

काठमाडौं । विवादास्पद छविका इसाई धर्म प्रचारक एकनाथ ढकाललाई एमालेले समानुपातिक सांसद बनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसको सचिवालय बैठकले ढकालसहित ३४ जनाको नाम टुंगाएक उपाध्यक्ष युवराज ज्ञवालीले बताए।

एमालेले निर्वाचन आयोगलाई पठाएको बन्दसूचीमा ढकालको नाम खस-आर्य क्लस्टरको दोस्रो नम्बरमा थियो। पहिलो नम्बरमा रघुजी पन्त छन् ।

एमालेले सांसद बनाएको ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रो पटक निर्विरोध निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहाेस् :- एमालेको काँधमा एकनाथ ! समानुपातिक सांसद बन्ने लगभग निश्चित, पार्टीभित्र असन्तुष्टि

परिवार दलले यसपालि समानुपातिकको बन्दसूची पठाएको छैन । बरु पार्टीका अध्यक्ष नै एमालेबाट संसद् प्रवेश गर्ने भएका हुन्।

यसअघि दुई पटक नेपाल परिवार दलबाट संविधानसभाको सदस्य बनेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *