कांग्रेस समानुपातिकतर्फ गोपालमान श्रेष्ठलाई नराख्न दबाब, विकल्पमा जीवन परियार

काठमाडौं । समानुपातिक सांसदको टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेता गोपालमान श्रेष्ठको नाम सिफारिस नेतृत्वमाथि दबाब बढाएका हुन्।

श्रेष्ठको विकल्पमा सह महामन्त्री जीवन परियारको नाम सिफारिस गर्न दबाब दिइएको स्रोतले बतायो।
नेता परियार संस्थापन इतर समूहका हुन्।

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।

परियारसहित विमलेन्द्र निधि र प्रकाशशरण महत समानुपातिकमा पर्ने देखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *