समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालयको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो।

एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ। एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो।

समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले दलहरू छलफलमा जुटेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *