समानुपातिक सांसदको अन्तिम सूची प्रचण्डसँग, असन्तुष्ट नेता व्यवस्थापनबारे गृहकार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको सूची तयार पारेको छ। शुक्रबार बसेको पदाधिकारी बैठकले अधिकांश क्षेत्रको नामको टुंगो लगाएको हो।

नामावलीलाई अन्तिम रुप दिनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्।

अधिकांशको नाममा सहमति बनिसकेपनि केही व्यक्तिको नाममा सहमति जुट्न नसकेपछि प्रचण्ड गृहकार्यमा रहेको माओवादीका एक पदाधिकारीले नेपालप्रेसलाई बताए।

ती नेताले भने, ‘पदाधिकारी बैठकमा लगभग टुंगो लागिसकेको छ। केही व्यक्तिको नाममा विवाद भएपछि अध्यक्षज्यूले छलफल गर्दै हुनुहुन्छ। असन्तुष्ट व्यक्तिलाई अरु कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा उहाँ व्यस्त हुनुहुन्छ।’

समानुपातिकतर्फको नाम हिजै टुंगो लागेपनि अन्तिमरुपम दिनको लागि दिउँसो पदाधिकारी बैठक बस्ने सचिव दिनानाथ शर्माले बताए। सबै टुंगाएर ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउने तयारी रहेको उनले बताए।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *