अन्तिम मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ।

अन्तिम मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेल २–२ गोलको बराबरमिा ल्याएपछि अतिरिक्त समयमा खेल धकेलिएको हो।

नेदरल्यान्ड्स खेलमा २–० गोलले पछाडि रहेर पनि बराबरीमा फर्किएको हो।

८३ औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा ल्याएको हो।

८३ औं मिनेटमा उट वेघोस्र्टले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्कने सम्भावना देखिएको थियो। अन्तिम समयमा नेदरल्यान्ड्सका वेघोस्र्टले नै गोल गर्दै अर्जेन्टिनालाई निराश बनाएका थिए।

त्यसअघि ३५ आंैं मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *