कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु

कैलाली । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालोको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गरि सालो नाता पर्ने ३३ वर्षीय पदमराज भण्डारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

हँसिया प्रहारबाट अर्का सालो नाता पर्ने ४० वर्षीय जयराज भण्डारी गम्भ‍ीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले जानकारी दिए ।

उनलाई उपचारका लागि कोहलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङ्गाना फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

हँसिया प्रहारबाट गम्भीर घाइते रहेका पदमराज भण्डारीको उपचारका क्रममा टिकापुर अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए । घटना बारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *