सरकारका प्रवक्ता भन्छन्- अरू दलको सहभागितामा गठबन्धनकै सरकार बन्छ (भिडिओ)

काठमाडौं । सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अब बन्ने सरकार गठबन्धनकै हुने दाबी गरेका छन्।

बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि बोल्दै उनले भने, ‘अब बन्ने सरकार गठबन्धनकै हुन्छ। त्यहाँ अरू दल पनि सहभागी हुनुहुन्छ। आजको गठबन्धनको आवश्यकता किन छ भनेर बैठक केन्द्रित भएको छ।’

जनताको अपेक्षा स्थायित्व, विकास र समृद्धिमा सरकार अघि बढ्ने प्रष्ट पारे। सरकार गठनको विषयमा गम्भीर छलफल भएको बताए।

नेतृत्वको विषयमा अहिल्यै भन्न सक्ने अवस्था नभएको उनले प्रष्ट पारे। समानुपातिकको परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए। गठबन्धनबाट संयुक्त वक्तव्य आइसकेपछि कुनै शंका नगर्न आग्रह गरे।

उनले अब बन्ने सरकार कसको कसले नेतृत्व गर्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले खुलाउन चाहेनन्। यस्तै, उनले दार्चुलामा देखिएको समस्या कूटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रष्ट पारे।

Comments

One response to “सरकारका प्रवक्ता भन्छन्- अरू दलको सहभागितामा गठबन्धनकै सरकार बन्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यो गठबन्धनमा लुटेराहरू मात्र सहभागी हुनसक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *