विश्वकपको सेमिफाइनल पुग्न फ्रान्स र इंल्यान्डबीच प्रतिस्पर्धा हुने

काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा इंल्यान्डको सामना गर्ने भएको छ।

आइतबार राति भएको खेलमा इंल्यान्डले सेनेगललाई ३–० गोलले पराजित गरेपछि फ्रान्सको क्वार्टरफाइनल प्रतिद्वन्द्वी तय भएको हो।

इंल्यान्डको जितमा जोर्डन हेन्डर्सन, हेरि केन र बुकायो साकाले गोल गरे। इंल्यान्ड सन् १९६६ पछि पहिलोपटक विश्वकप जित्ने प्रयाशमा छ।

त्यसअघि आइतबार राति नै भएको खेलमा पोल्यान्डलाई ३–१ गोलले हराएर फ्रान्सले अन्तिम ८ मा स्थान बनाएको हो। प्रतियोगिताअन्तर्गत सोमबार हुने प्रिक्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरिया र जापानले क्रोएसियासँग खेल्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *