सकिब अल हसनले ५ विकेट लिएपछि भारत १८६ रनमा अलआउट

नयाँ दिल्ली। बंगलादेशविरुद्धको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत एक सय ८६ रनमा अलआउट भएको छ।

टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको भारतले  ४१ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ८६ रन जोड्यो। भारतलाई सस्तोमा समेट्न बंगलादेशका सकिब अल हसन एक्लैले ५ विकेट लिए। एबाटन होसेनले पनि ४ विकेट लिए। भारतका केएल राहुलले ७३ रन जोडे।

४ विकेट गुमाएर एक सय ५२ रन जोडेको अवस्थामा भारतले चार रनका लागि पछिल्ला चार विकेट गुमाएको थियो। भारतका केएल राहुल रनमा खेल्दैछन्। रोहित शर्माले २७, श्रेयस अयरले २४ र वासिङ्टन सुन्दरले १९ रन बनाए।

शिखर धवन ७ र विराट कोहली ९ रनमा आउट भए। सकिबले सुन्दरलाई पाचौँ विकेटका रुपमा आउट गरेपछि भारत संकटमा पर्न थालेको थियो। सकिबले १० ओभरमा २ मेडन राखेर ३६ रन खर्चिए। एबाटनले ८.२ ओभरमा ४७ रन खर्चिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *