३९ वर्षको उमेरका ब्राजिलका लागि कप्तानी गरेर विश्वकपमा कीर्तिमान बनाउँदै आल्भेस

दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलले शुक्रबार क्यामरुनसँग खेल्दै छ।

अघिल्ला दुवै खेल जितेर प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको ब्राजिल क्यामरुनसँग हारेपनि समूह विजेता हुन सक्ने सम्भावना छ। ब्राजिलको यो खेलमा ड्यानी आल्भेसले टोलीको कप्तानी गर्नेछन्। ३९ वर्षीय आल्भेस विश्वकपमा ब्राजिलको कप्तानी गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी हुनेछन्।

ब्राजिलका नियमित कप्तान थियागो सिल्भा हुन्। हाल मेक्सिकन क्लबमा खेलिरहेका आल्भेसले ब्राजिलका लागि खेल्न पाउनु नै खुसिको कुरा भएको बताएका छन्। घुँडाको चोटबाट उनी मुक्त भएपछि ब्राजिलको टोलीमा तेस्रोपटक विश्वकपमा अँटाएका थिए। उनी सन् २००६ देखि ब्राजिलको सिनियर टोलीमा छन्।

ब्राजिलले हालसम्म अफ्रिकी टोलीसँग विश्वकपमा हारेको छैन। क्यामरुनसँग भएका दुई विश्वकप भिडन्तमा ब्राजिलले दुवैमा जित हात पारेको थियो।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *