मेस्सीसँग कानेखुसी गर्दै लेवान्डोस्कीले भनेँ- आज अलिक बढी रक्षात्मक खेल्नुपर्ने थियो

दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार राती समूहको अन्तिम खेलमा दुईपटकको विजेता अर्जेन्टिना पोल्यान्डमाथी पूर्णरुपमा हावी भयो। दुई तिहाई समय बल  आफ्नो पकडमा राखेको अर्जेन्टिना यो खेल  जित्नैपर्ने दबाबमा थियो भने पोल्यान्डलाई बराबरी पर्याप्त थियो।

खेलका क्रममा पोल्यान्डका स्टार स्ट्राइकर तथा दुईपटकका फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्की पनि डिफेन्समा आएर खेलिरहेका थिए। उनी एकपटक लियोनल मेस्सीलाई फल गर्न पनि पुगे। खेल २-० गोलले अर्जेन्टिनाले जित्यो र प्रिक्वाटरफाइनलमा स्थान बनायो। हारेपनि पोल्यान्ड समूह उपविजेताका रुपमा पहिलो चरण पार गर्न सफल  भयो।

खेलपछि लेवान्डोस्की र मेस्सीले कानेखुसी गरेको देखिएको थियो। उक्त दृश्यलाई क्यामरामा कैद भएको तस्विर सामाजिक सन्जाालमा भाइरल पनि भयो। कानेखुसीबारे लेवान्डोस्कीले स्पष्ट पार्दै मेस्सीसँग रक्षात्मक खेल्नुपरेको बताएको उनको भनाई उदृत गर्दै डेलीमेलले उल्लेख गरेको छ। ‘हामीले थोरै बोल्यौँ। रमाइलो भयो। मैले मेस्सीलाई सँधैको भन्दा आज बढी रक्षात्मक खेल्नुपरेको बताएँ। टिमका लागि कहिलेकाहीँ यो आवश्यक हुन्छ’, लेवान्डोस्कीको भनाई उदृत गर्दै डेलीमेलले भनेको छ।

उनले मेस्सीमाथीको फलबारे भनेका छन्, ‘यो दुर्लभ कुरा हो, म डिफेन्सिभ मिडफिल्डमा थिएँ। तर मलाई थाहा थियो मैले टिमलाई सहयोग गर्नुपर्छ’, लेवान्डोस्कीले भनेका छन्। लेवान्डोस्की, मेस्सीले १७ वर्ष खेलेको बार्सिलोनामा अहिले क्लब फुटबल खेलिरहेका छन्। मेस्सीको अभाव पुर्ती गर्ने लक्ष्यसहित बार्सिलोनाले उनलाई भित्र्याएको थियो। प्रिक्वाटरफाइनलमा पोल्यान्डले साविक विजेता फ्रान्स र अर्जेन्टिनाले अमेरिकासँग

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *