सबै दलका अग्रपंक्तिका नेता पञ्चायतबाट ट्रेन्ड भएका हुन्, नयाँ गर्न सक्दैनन् : गगन थापा

काठमाडौं । राजनीतिक दलका अग्रपंक्तिका नेताहरुले देशमा नयाँपन दिन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाबी गरेको छन् । जुनसुकै दलका अग्रपंक्तिका नेता पञ्चायतकालबाट ट्रेन्ड भएकाले निर्णयमा त्यसको प्रभाव पर्ने र उनीहरुले नयाँ केही गर्न नसक्ने थापाको दाबी हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को बिहीबार भएकाे वार्षिकोत्सवमा बोल्दै थापाले भने, ‘नेपालले नयाँ सरकारमात्र खोजेको होइन, पुरानाले ३० वर्षदेखि नेतृत्व गर्दै आएका छन् । यस्ताबाट आशा गर्नु कारुणिकमात्र हो । नयाँ आउने प्रधानमन्त्रीले ४८ घण्टा निजी क्षेत्रसँग बसेर छलफल गर्न सक्नुपर्छ । समस्या र तिनको समाधानतर्फ ध्यान दिनुपर्छ ।’

उनले राजनीतिक दलहरुमा जसले बढी बाँड्ने कुरा गर्‍यो उही नै सबैभन्दा प्रिय हुने गरेको बताए ।

पछिल्लो समय राजनीतिक दलहरुले वितरणमा बढी प्रतिस्पर्धा गर्न थालेको उल्लेख गर्दै नेता थापाले वितरणका लागि कहाँबाट जुटाउने हो त्यसको स्रोतको खोजी नगरी प्रतिस्पर्धामा मात्र उत्रँदा त्यसले दुर्घटना निम्त्याउने खतरा रहेको उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *