गगनको घरमा दुई महामन्त्रीको बधाई साटासाट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बधाई साटासाट गरेका छन् । उनीहरुले भर्खर सम्पन्न निर्वाचनमा विजयी बनेकोमा एकअर्कालाई बधाई दिएका हुन् । उनीहरबीच थापाको घरमै बधाई आदानप्रदान भएको हो ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा थापासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘जुटौं, अब एकएक गरेर, जितौं अग्रजहरुको पनि विश्वास, सम्हालौं संयमले कमान्ड, भरौं देशमा नवीन आत्मविश्वास ।’

शर्माले गगनलाई विजयी बनेलगत्तै बधाई दिँदै आफूले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने भन्दै पोस्ट गरेका थिए । थापा काठमाडौं ४ बाट निर्वाचित बनेका हुन् भने शर्मा झापा १ बाट संसद प्रवेश गरेका हुन् ।

 

Comments

One response to “गगनको घरमा दुई महामन्त्रीको बधाई साटासाट”

  1. ksp pyl Avatar
    ksp pyl

    बढी हल्ला, प्रचार नौटङ्की किन ? संसदीय दलमा लडने, जित्ने, अरू पार्टीलाई पनि चित्त बुझाउने अनि खाने सकिईगयो नि । हुने देउवा नै हुन् । देउवाको अकर्मड्यताले देश बर्वाद हुँदैछ । अनि मलाइ दिएको भए यस्तो हुँदैनथ्यो भन्नलाई हो यो नौटङ्की ? काम छैन । अबको देशको बेहाल र बर्वादीको सम्पूर्ण जिम्मा ठगबन्धनले लिनुपर्छ । नेता विशेष ठपक पार्टी बेठिक होईन । चित्त नबुझे र सक्छौ भने पार्टी फुटाएर अर्कै बनाउ । नाटक बन्द गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *