घण्टीको मतबारे प्रचण्डको टिप्पणी- आवेशको मत हो, विकास दिँदा पनि मान्छेलाई सन्तुष्टि छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले आवेशमा मत हालेको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूहरूले मिहेनेत गरेर काम गर्दा समेत जनतालाई सन्तुष्टि नमिलेको बताए।

उनले भने, ‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित जनताको जीवनमा सहज बनाउन व्यापक रूपमा बढो मेहनत गरेर काम गर्दा पनि मान्छेलाई सन्तुष्टि मिलेको छैन। जनताले विकास र समृद्धि त चाहेका छन् तर, अहिलेको मतपरिणमलाई हेर्दा विकासलाई रुचाएको पनि देखिँदैन।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको मत आवेशको भएकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘जनताले राम्रो एजेण्डा भएकाले गणतन्त्र संघीयता, समावेशी समानुपातिक यी मान्यतालाई रुचायो भन्ने पनि देखिँदैन। त्यसैले कहीँ न कहीँ विदेशको ठाउँमा आवेगले काम गरेको छ। राजनीति दल र नेतृत्वलाई पनि त्यस विषयमा ध्यान जाओस् भन्न चाहन्छु।’

Comments

One response to “घण्टीको मतबारे प्रचण्डको टिप्पणी- आवेशको मत हो, विकास दिँदा पनि मान्छेलाई सन्तुष्टि छैन”

  1. ksp pyl Avatar
    ksp pyl

    विकास त तिमीले आफ्नै मात्रै गर्यौ । के भोट हाल्नु नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *