हर्क साम्पाङ भन्छन्- बालेन र म कहिले बाझेका थियौं र, भेट हुँदा छमछमी नाच्नुपर्ला

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र साह बालेनसँग भेट हुँदा नाचेर देखाउने बताएका छन् ।

दुई दिनअघि बालेनले आफ्नो फेसबुक स्टाटस शेयर गरेपछि हर्कले आज फेसबुकमा लेख्दै भेट हुँदा नाचेर देखाउनुपर्ने बताए ।

उनले आफूहरु मिलेको हेर्न चाहने धेरै रहेको भन्दै आफूबहरुबीच नमिलेको वा बाझेको कहिले थियो भनि प्रश्नसमेत गरेका छन् ।

‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र’, उनले लेखेका छन्, अब हाम्रो भेट हुँदा छमछमी नाचेरै देखाउनु पर्ला !’

काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे टिप्पणी गरेपछि यी दुई स्वतन्त्र मेयरहरुबीच वाक युद्ध चलेको थियो ।

हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *