‘फेक’ प्रमाणित भएपनि अझै हटाएन यूएस एम्बेसीले पावलोस्कीबारे गरिएको पोस्ट

काठमाडौं । ६ घण्टाअघि अमेरिकन दूतावासले पावलोस्कीबारे गरिएको ७ नोभेम्बरको पोस्ट हटाउन लागेको भने पनि अझैंसम्म हटाएको छैन । आइतबार बिहान दूतावासले फेसबुक स्टाटसमा भनेको थियो, अहिले हामीले सेयर गरेको फोटो र पोस्टहरु हटाउँदै छौं । र हाम्रो उक्त फोटोग्राफर (पावलोस्की) सँग कुनै सहकार्य नभएको पनि जानकारी गराउँछौँ ।’

नेपालको सगरमाथा क्षेत्रमा ५४ सय मिटरमाथि अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीद्धारा खिचिएको भनिएको हिउँ चितुवाको फोटो नक्कली भएको प्रमाणित भएपछि दूतावासले स्टाटस लेखे पनि पोस्ट नहटाएको हो । प्रतिष्ठित अल्पाइन इन्टरनेशनल म्यागजिनले फ्याक्ट चेक गरेर पावलोस्कीले खिचेको फोटो नक्कली भएको प्रमाणित गरेको थियो ।

दूतावासले फेसबुक पेजमा लेखेको छ, ‘केही समयअघि हिमाली भेगमा पाइने हिउँ चितुवाको तस्बिर भाइरल बन्यो । एक अनुसन्धानात्मक लेखले फोटोको स्थान, प्रकाश र हिउँ चितुवाको व्यवहारबारे प्रष्ट पारेको छ ।’

दूतावासले लेख प्रकाशित भएपछि पनि नेशनल जियोग्राफिक र एनिमल प्लानेटमा सम्बद्ध फोटोग्राफहरुले यसबारे कुनै अभिव्यक्ति नदिएको र इन्स्टाग्राम, फेसबुक अकाउण्टबाट पावलोस्कीको फोटोबारे गरिएको पोस्ट डिलेट नगरेको पनि उल्लेख गरेको छ ।

यद्यपि, विभिन्न फोटोग्राफी अवार्ड प्राप्त गरेको अनि अमेरिकन दूतावाससँग सहकार्य दाबी गरिएको जानकारी दिने पावलोस्कीको वेबसाइट अहिले पनि सक्रिय रहेको दूतावासले उल्लेख गरेको छ ।

अहिले पावलोस्कीको फेसबुक अकाउण्ट डिएक्टिभ छ भने उनको वेबसाइट भने सक्रिय नै रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *