मेसीले गोल हानेको खुशीमा म राम्रोसँग सुत्न सकेको छैन : सुवास नेम्वाङ (भिडिओ)

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले विश्वकप फुुटबलमा अर्जेन्टिनाको जितले आफू उत्साही भएको बताएका छन् ।

इलाम १ बाट निर्वाचित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो जितसँग मेसीको गोलले आफूलाई खुशी मिलेको बताए ।

‘आफ्नो घरपरिवारको अगाडि उभिएपछि सानो छँदाका ती दिनहरुको याद आउने रहेछ । यो ठूलो टुडिखेलमा फुटबल खेल्दाका दिनहरु अझै सम्झन्छु । हिजो भर्खरै राति गलेर पनि राति १२ः४५ मा अर्जेन्टिनाको फुटबल हेरे मैले । हिजो त थामि नसक्नु भो’ उनले भने, ‘तपाईंहरुले हामीलाई आर्शिवाद दिनुभयो एकतिर त्यो खुसी अर्कोतिर मेसीले गोल हानेको खुसी थपियो। पहिलो गोल हानेपछाडि फेरि अर्को हान्छन् भनेर पर्खिदा अर्को मित्रलाई गोल हान्नलाई अवसर दिलाए। हिजो राति राम्रोसँग म सुत्न सकेको छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *