धाँधली भएको भन्दै सञ्चारमन्त्री कार्कीले पनि गरे मतगणना रोक्न माग, सर्वदलीय बैठक बस्दै

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को मतगणनामा धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेका छन् ।

मन्त्री कार्कीले गणना रोक्न माग गरेपछि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठकको तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी यादवले धाँधली भएको नभई मत इन्ट्रीमा तलमाथि परेको हुन सक्ने भएकाले मत गणना रोक्न कार्कीले भनेको बताए ।

सुनसरी ४ मा मन्त्री कार्की र एमालेका जगदीश कुसियैतका बिचमा प्रतिस्पर्धा छ ।

यस्तो छ पछिल्लो विवरण
ज्ञानेन्द्र बहादुर कार्की रुख – २३४३९

जगदीश प्रसाद कुसियैत सुर्य – २३३४१

Comments

One response to “धाँधली भएको भन्दै सञ्चारमन्त्री कार्कीले पनि गरे मतगणना रोक्न माग, सर्वदलीय बैठक बस्दै”

  1. रबि कुमार गिरि Avatar

    मत हार्ने निस्चित भए पछि बखेडा निकाल्नु जस्तो नैतिक पतन अरु के हुन सक्छ ? यसैलाई भनिन्छ जनमतको अबमुल्यान।जनमतको अपमान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *