चन्द्रागिरि रिसोर्टमा सलोन र करिष्माको मेहेन्दी

काठमाडौं । नायक सलोन बस्नेत र मोडल करिष्मा केसी विवाह बन्धनमा बाँधिँदै छन्।

सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न आँटेका हुन। करिष्मा पेसाले एयर होस्टेस हुन।

मंसिर १२ गते सोमवार विवाह हुन लागेको यो जोडीको आज चन्द्रागिरि रिसोर्टमा भव्य रूपमा मेहेन्दी समारोह भइरहेको छ।

करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका छन्। समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति रहेको छ। भुवन केसी र जिया केसी पनि सलोनको मेहेन्दी समारोहमा पुगेका छन्।

यो जोडीको मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहन्दी, मंसिर १२ मा पातले फरेस्टमा विवाह र मंसिर १४ गते काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन सम्पन्न हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *