काठमाडौं । बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विजयी बनेका छन् ।
केसी ८२ वर्षको उमेरमा निर्वाचित बनेका हुन् । आफू विजयी बनेपछि उनी नाचेका छन् । गठबन्धन दलका साझा उम्मेदवार बनेका केसी २१ हजार ४६४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८४५ मत ल्याए । आफूले निर्वाचन जितेपछि आयोजित विजयी सभामा केसी छमछमी नाचेका छन् ।

Leave a Reply