पार्टीभित्रको प्राविधिक त्रुटिले चुनावमा पराजित : सह-महामन्त्री उपाध्याय

हेटौँडा । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेपाली कांग्रेस मकवानपुरमा भएको असन्तुष्टि तथा प्राविधिक त्रुटिको कारण प्रतिनिधिसभा निर्वाचनमा हार्न बाध्य भएको बताएकी छिन् ।

शुक्रवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सह महामन्त्री डिनाले चुनावको समयमा भएका असन्तुष्टि र प्राविधिक त्रुटिलाई समयमा नै मिलाउन नसक्दा कांग्रेसले मकवानपुरमा एक प्रतिनिधि तथा एक प्रदेशसभा गुमाउन परेको दाबी गरिन् ।

चुनावमा गइरहँदा हाम्रो जित सुनिश्चित थियो, तर केहि त्रुटिहरू भए, पार्टीमा घात अन्तर्घात भइरहने भन्दै उनले यसबारे समीक्षा गरेर अघि बढ्ने बताइन् । ‘घरदैलोमा जाँदा मतदाताहरूले भनेको कुराहरू र जनताहरूको आशा र भरोसा पराजित हुँदा पनि कानमा गुन्जिरहेका छ, मतदाताहरूको यो आवाजलाई गठबन्धनको सरकारमा पार्टीको तर्फबाट पुर्‍याउने छु’ उनले बताइन् ।

गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा १० एमाले सँग १० औँ हजार तथा राप्रपासँग २० औँ हजार बढी मतान्तर भए पनि गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका उपाध्याय तथा १‘२’का उम्मेदवार आनन्दराम पराजुली पराजित भएका थिए । उपाध्यायलाई मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंह तथा पराजुलीलाई १‘२’ बाट एमालेका एकालाल श्रेष्ठले पराजित गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *