पोखरा । स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनले नेकपा एमालेका नारायण मरासिनीलाई पराजित गरेका हुन् ।
२०७४ मा हारेको बदला लिँदै थापाले मरासिनीलाई ३२ सय ५५ को मतान्तरले हराएका हुन् । थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत पाए ।
योसँगै कांग्रेसले प्रतिनिधिसभामा गण्डकीबाट ९ सीट जितेको छ । यसअघि गण्डकीमा कांग्रेसका रामचन्द्र पौडेल, शंकर भण्डारी, राजेन्द्र बजगाईं, शशांक कोइराला, खमबीर गर्बुजा, योगेश गौचन थकाली, टेकबहादुर गुरुङ, विष्णु कार्की विजयी भएका छन् ।

Leave a Reply