यसपटकको चुनाव एमालेका लागि फलदायी भएन : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसपटकको चुनाव एमालेका लागि फलदायी नभएको बताएका छन् ।

दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि आज घोराहीमा पत्रकार सम्मेलन गरी महासचिव पोखरेलले एकल सरकार बनाएर मुलुकलाई समृद्ध बनाउने एमालेको योजना चुनावी मत परिणामका कारण पूरा नहुने भएको बताए ।

‘एकल सरकार बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने हाम्रो योजना चुनावी मत परिणामका कारण सफल हुन सकेन’, उनले भने, ‘मुलुकलाई अस्थिर बनाइराख्ने शक्तिका कारण यसपटकको चुनाव एमालेका लागि फलदायी रहेन ।’

चुनावमा पराजय भएकाले राजकीय सत्तामा पुग्ने अवसर गुमाए पनि आफूले राजनीतिक भूमिकालाई प्रभावकारी बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउने महासचिव पोखरेलको भनाइ छ ।

Comments

One response to “यसपटकको चुनाव एमालेका लागि फलदायी भएन : महासचिव पोखरेल”

  1. ksp pyl Avatar
    ksp pyl

    हजुरको राजनीतिक यात्रा निरन्तर हुनु एमालेको लागि अति आवश्यक छ । चुनावमा एक प्रकारका मानिस हराउने र एक प्रकारकालाई जिताउन भारतीय र समेत सक्रिय थियो । देश त अब अस्थिर हुने नै भयो । तर देशभक्तहरू लडिरहनुपर्छ र दलालहरूलाई परास्त गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *