नेमार पहिलो खेलमै घाइते

दोहा– विश्वकप फुटबलअन्तर्गत बिहीबार राती सर्बियाविरुद्ध जित हात पारेपछि ब्राजिलका कप्तान नेमार खुट्टा खोल्च्याएर हिँडिरहेका थिए। मैदानमा खेलिरहेका बेला उनको गोलीगाँठो सुन्निएको देखिएको थियो।
घाइते भएपछि उनलाई ७९ औं मिनेटमा निकालिएको थियो। ब्राजिल टोलीका चिकित्सकका अनुसार उनको गोलीगाँठोमा समस्या देखिएको छ।

चिकित्सक रोड्रिगो लस्मारका अनुसार आगामी २४ देखि ४८ घण्टाभित्रमा मात्र उनको चोटको अवस्थाबारे भन्न सकिने छ। ‘हामी तत्काल एमआरआई गर्दैनौँ। २४ देखि ४८ घण्टाभित्रको अवस्था हेरेर त्यसपछि निर्णय गर्ने छौँ। त्यसैले अहिले बोलिहाल्नु राम्रो हुँदैन’, लस्मारले भनेका छन्।

प्रशिक्षक टिटेले नेमारको समस्या गम्भिर नरहेकाले उनले प्रतियोगिता खेल्ने ठोकुवा गरेका छन्।
नेमार पेलेको नाममा रहेको ७७ गोलको राष्ट्रिय कीर्तिमान बराबरी गर्नबाट २ गोलले मात्र पछाडि छन्। नेमारले हालसम्म विश्वकप जितेका छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *