समूहको पहिलो चरणका १६ खेलमा ११ जित, क–कसले पाए ३ अंक

दोहा– कतार विश्वकपको समूहगत चरणमा सहभागी ३२ टोली सबैले एक एक खेल खेलेका छन्।

अब शुक्रबारदेखि दोस्रो खेल सुरु हुँदै छ। समूहको पहिलो चरणमा भएका १६ खेलमा ११ वटामा मात्र जितको नतिजा निस्कियो भने ५ खेल बराबरी भए।
नेदरल्यान्ड्स, इक्वेडर, इंल्यान्ड, साउदी अरब, फ्रान्स, स्पेन, जापान, बेल्जियम, ब्राजिल, स्वीट्जरल्यान्ड र पोर्चुगलले विजयी सुरुवात गरेका छन्।

वेल्स, अमेरिका, पोल्यान्ड, मेक्सिको, ट्युनिसिया, डेनमार्क, क्रोएसिया, मोरक्को, उरुग्वे, दक्षिण कोरियाले भने बराबरी खेलेर एक एक अंक प्राप्त गरेका छन्।
बलिया भनिएका जर्मनी र अर्जेन्टिनासहित सेनेगल, कतार, इरान, अस्ट्रेलिया, कोस्टारिका, क्यानडा, सर्बिया, क्यामरुन र घाना पहिलो खेलमा पराजित भए।।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *