मतगणना नसकिँदै प्युठानमा एमालेका सूर्य थापाको जित सुनिश्चित

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापा मतगणना नसकिँदै विजयी भएका छन । ५ हजार २७ मत गन्न बाँकी रहँदा थापाले गठबन्धनसँग ५ हजार २३३ मतको अग्रता लिएका छन् ।

थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिइरहदा गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत पाएकी छन् । अब प्युठान नगरपालिकाको ८,९ र १० वडाको मत गन्न बाँकी छ तर थापाले बिजयका लागि आवश्यक मत लिइसकेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *