कैलाली ३ नागरिक उन्मुक्तिको क्लिन स्विप

कैलाली । कैलाली ३ मा नागरिक उन्मुक्तिले तीनै क्षेत्र जितेको छ । यसअघि प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।

दुबै प्रदेश सभामा पनि नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभातर्फको (१)मा घनश्याम चौधरी १३ हजार ९२३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए ।

प्रदेश सभातर्फको (२)मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँद ६ हजार ६१९ मत ल्याएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *