गणना बाँकी छँदै गुल्मी २ मा गोकर्ण विष्ट विजयी

रुपन्देही । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टको जित निश्चित भएको छ । १७ सय मत गणना बाँकी रहँदा २ हजार मतले उनले अग्रता लिएका छन् ।

विष्टसँग सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा थिइन् । ५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएपनि ०७०, ७४ मा लगातार विजयी भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *