सिरहाका ४ क्षेत्रमध्ये जसपा २ ठाउँ अगाडि, के छ अन्य दलको अवस्था ?

जनकपुरधाम । सिरहाको चार प्रतिनिधिसभा क्षेत्रमध्ये जनता समाजवादी पार्टी (जसपा) २, नेपाली कांग्रेस १ र नेकपा माओवादी केन्द्र १ क्षेत्रमा अगाडि देखिएको छ ।

सिरहा १ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पदमनारायण चौधरीले एमाले उम्मेदवार रामशंकर यादवलाई पछि पारेका छन् । चौधरीले ६ हजार १२७ मत प्राप्त गर्दा एमालेका यादवले ५ हजार ७४० मत पाएका छन् । यादवलाई जसपाको साथ छ । यो क्षेत्रमा जनमत पार्टीका युगलकिशोर साह १ हजार २७८ मतका साथ तेस्रो स्थानमा छन् ।

सिरहा २ मा सुरुवाती अग्रता लिएकी सत्तागठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी चित्रलेखा यादव तेस्रो स्थानमा झरेकी छन् । अहिले एमालेसँग गठबन्धन गरेका जसपाका राजकिशोर यादव ४ हजार ४७२ मतका साथ अगाडि छन् ।

दोस्रो नम्बरमा जनमत पार्टीका विनोद यादव ४ हजार ३२९ मत पाएका हुन् । सीमावर्ती क्षेत्रमा जनमत पार्टीलाई बढी मत आएको छ । तेस्रो नम्बरमा रहेकी चित्रलेखा अहिलेसम्म ३ हजार ९७७ पाएकी छन् ।

सिरहा ३ मा जसपासँगको तालमेलमा उठेका एमाले उम्मेदवार लीलानाथ श्रेष्ठ सुरूदेखि नै अगाडि छन् । उनले ५ हजार ४९८ मत पाउँदा सत्ता गठबन्धनतर्फको उम्मेदवार माओवादीका विश्वनाथ साह ५ हजार १०३ मतका साथ पछ्याइरहेका छन् ।

सिरहा ४ मा जसपाका वीरेन्द्र महतो मतान्तर फराकिलो बनाउँदै गएका छन् । उनी ६ हजार २४० मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका धर्मनाथ साह ४ हजार ८८५ मतका साथ संघर्ष गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *