विराटनगर । प्रदेश १ मा प्रदेशसभाको निर्वाचनअन्तर्गत कांग्रेस र एमाले बराबरी १० स्थानमा अग्रता लिइरहेका छन् । माओवादी केन्द्र र नेकपा एसले पनि बराबरी ४ स्थानमा लिड गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । मोरङमा गणना भएका ६ वटा प्रदेश सभामध्ये कांग्रेसले क्षेत्र नम्बर ३ एक चार एक र ५ एकमा अग्रता लिएको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर १ एक र ६ एकमा अग्रता बनाएको छ ।
माओवादीले भने २ १ मा अग्रता लिएको छ । बिहान सम्म सो क्षेत्रमा एमालेका डीवी कार्कीको अग्रता रहेको थियो ।सुनसरीमा भने कांग्रेसले क्षेत्र नम्बर १ एक र ४ एकमा अग्रता बनाएको छ । २ एकमा माओवादी केन्द्रको अग्रता छ भने सुनसरी ३ एकमा राप्रपाले अग्रता लिएको छ ।
प्रदेश सभा अन्तरगत झापाको निर्वाचन क्षेत्र नम्बर १ का दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता बनाएको छ । १मा कांग्रेसका गोपाल तामांगले एमालेका रविन कोइरालालाई पछाडि पारेका छन् । १ “२” मा भने माओवादी केन्द्रका्े अग्रता रहेको छ ।
झापा २ का दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३ को १ मा कांग्रेस र २ मा एमालेका उम्मेदवार अगाडि छन् । ४ र ५ मा प्रदेशको मतगणना शुरु भएको छैन ।
इलामका प्रदेश सभाका ४ वटा निर्वाचन क्षेत्रमा मध्ये ३ वटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । एउटामा समाजवादीका उमेद्वारले अग्रता लिएका छन् ।
पाँचथरमा भने एउटा क्षेत्रमा माओवादी र एउटामा एकिकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । ताप्लेजुङ, संखुवासभा सोलुखुम्वु र तेह्थुममा मतगणना शुरु भएको छैन ।
धनकुटामा भने दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । भोजपुरमा समाजवादी अगाडि छ । एउटा निर्वाचन क्षेत्रको मतगणना हुँदा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अग्रता लिएका छन् ।
खोटाङमा एउटा क्षेत्रमा कांग्रेस र एउटामा समाजवादीले अग्रता बनाएको छ । ओखलढुंगामा एउटा क्षेत्रमा कांग्रेस र एउटामा एमालेको अग्रता रहेको छ । उदयपुरका ४ वटा निर्वाचन क्षेत्र मध्ये एउटाको मात्रै मतगणना भएको छ । जहाँ कांग्रेसका उउम्मेदवार अगाडि छन् ।

Leave a Reply