दाङ २ मा मतगणना रोकियो

रुपन्देही । दाङको क्षेत्र नम्बर २ मा मतदान अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मत भेटिएपछि गणना रोकिएको छ ।

मतदान अधिकृतको हस्ताक्षर नभएका मत के गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । ८८ मतमध्ये ३३ मत एमालेको सूर्य चिन्हमा छाप लगाइएका छन् भने ४९ मा मत माओवादी केन्द्रलाई परेका छन् ।

एमाले महासचिव शंकर पोखरेल र माओवादी नेतृ रेखा शर्माको प्रतिस्पर्धा रहेको यो क्षेत्रमा अहिलेसम्मको मतगणना सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शर्मा अगाडि छन् भने एमाले महासचिव पोखरेल सुरूदेखि नै पछि परेका छन् । अन्य दुई क्षेत्रको भने मतगणना जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *