पोखरा । लमजुङमा जारी गणनाको पछिल्लो परिणामअनुसार एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १९०९ मतले लिड गरेका छन् ।
गुरुङको ९१०१ मत आउँदा उनका प्रतिस्पर्धी माओवादी महासचिव देव गुरुङ ७२०० मत ल्याएर दोस्रो स्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीको ७७१ मत छ ।
प्रदेशसभातर्फ १ मा कांग्रेसका टकराज गुरुङको ४६४५ र एमालेका जमीन्द्रमान घलेको ३२७३ मत छ ।
त्यस्तै ३ मा कांग्रेसका भेषबहादुर पौडेलले ४८५४ मत प्राप्त गरेका छन् । एमालेका कृष्णप्रसाद अधिकारीको ६३८२ मत छ ।

Leave a Reply