ओली हराउन झापा झरेका युग पाठकलाई ३२ मत, सय मत कटाउन आठौँ स्थानमा संघर्ष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने एक मात्र उद्देश्य बोकेर झापा झरेका लेखक तथा अभियन्ता युग पाठकले एक सय मत पनि कटाउन सकेका छैनन् ।

पछिल्लो मतगणनाको विवरण अनुसार सोमवार राति ११ बजेसम्म ओलीले ५१६३ मतका साथ झापा ५ मा अग्रता लिँदा उनलाई गठबन्धनबाट कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले २५७५ मतबाट पछ्याइरहेका छन् ।

पुतली चिन्ह लिएर ओलीविरुद्ध चुनाव लडेका पाठकको भने जम्मा ३२ मत आएको छ ।

उनीभन्दा अगाडि घण्टीका सुरेश पोखरेलले ९७८ र जनमत पार्टीका भीम राजवंशीले ३४६ मत पाएका छन् ।

त्यस्तै जसपाका ओममाया आङ्देम्बेको ५७, मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेको ५०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कवीन्द्र शेर्मा लिम्बुको ३४९ र पाठकको ३२ मत छ ।

ओली प्रधानमन्त्री भएका बेला भारतीय नाकाबन्दीविरुद्ध सिंगो मुलुक जुधेका बेला पाठक भने नाकाबन्दीको पक्षमा सिमानामा धर्ना दिने र दूतावासमा नाकाबन्दी कसिलो बनाइदिनका लागि ज्ञापन पत्र बुझाउने अभियानमा थिए ।

Comments

3 responses to “ओली हराउन झापा झरेका युग पाठकलाई ३२ मत, सय मत कटाउन आठौँ स्थानमा संघर्ष”

  1. ksp pyl Avatar
    ksp pyl

    दलाललाई कस्ले भोट दिन्छ ? दलाली भाग पाए भैहाल्यो नि ।

  2. Bishnu Muri Avatar
    Bishnu Muri

    भारतीय दलाल पाठकले आफ्नो हैसियत बल्ल बुझे होलान् !

  3. ksp pyl Avatar
    ksp pyl

    जसको उद्देश्य नै मुलुक बनाउनेभन्दा पनि कसैलाई हराउने र अर्कोलाई जिताउने छ उसलाई कसले भोट दिन्छ ? जनतालाई मूर्ख सम्झेका यिनले ? यी आफैं मूर्ख देखिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *