विराटनगर । मतगणनाका लागि सुनसरी र मोरंगमा सर्वदलीय बैठक बस्दै छ । सुनसरी र मोरङमा अहिले बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहान ८ बजेको सर्वदलीय बैठकमा सहमति गरेर मतगणना सुरु गरिने छ । राती अबेरसम्ममा मतपेटिका मत गणना स्थल पुरयाइएको थियो ।
सुनसरी क्षेत्र नम्वर १ को धरान सभागृह,क्षेत्र नम्वर २ को शिक्षा तालिम केन्द्र इनरुवा,क्षेत्र नम्वर ३ को कभर्डहल दुहवी र क्षेत्र नम्वर ४ को इनरुवा स्थित भगवती माविमा गणना हुने छ ।
मोरङमा पनि अहिले सर्वदलस्य बैठकको तयारी भइरहेको छ । मोरङको उत्तरी क्षेत्र भौगौलिक रुपमा यातायात सहज रुपमा आवतजावत नहुने भएकोले राती सम्ममा मात्र मतपेटिका मतगणना स्थलमा ल्याई पुरयाइएको छ ।
प्रदेश निर्वाचन अधिकारी लेमन काश्यप अधिकारीले सर्वदलीय बैठकको तयारी भइरहेको बताए । मोरङका ६ वटा निर्वाचन क्षेत्रको चार ठाउँमा मतगणना हुने छ

Leave a Reply