ललितपुर २ मा एमाले अघि, लौरो पछि

काठमाडौं । बिहान ६ बजे सम्म प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना गर्दा एमालेले अग्रता बढाएको छ ।

४ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन् । लौरो चिन्ह्रले ८९७ मत पाएको छ ।
यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले७७७ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *