६० हजार दर्शक क्षमताको अल बेत रंगशालामा हुँदै छ विश्वकप उद्घाटन, ३० मिनेटको समारोहमा के के हुने छ ?

६० हजार दर्शक क्षमताको अल बेत रंगशालामा हुँदै छ विश्वकप उद्घाटन, ३० मिनेटको समारोहमा के के हुने छ ?

दोहा। कतार विश्वकपको उद्घाटन आइतबार साँझ हुँदै छ। अल बेत रंगशालामा स्थानीइ समयअनुसार ५ बजेर ४० मिनेटमा सुरु हुने उद्घाटन समारोह ३० मिनेटको हुने छ त्यसपछि कतार र इक्वेडेर पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन्।

समारोहमा चर्चित दक्षिण कोरियन पप गायक जङ कुकको प्रस्तुती रहने छ। उनले कतार विश्वकपको अफिसियल गित ‘ड्रिमर्स’ गाउनेछन्।

उनलाई कतारी गायक फहाद अल कुबैसीले पनि साथ दिनेछन्। मानवीयता, सम्मान र समावेशीमार्फत असमानतताहरुलाई एकै ठाउँमा जम्मा गरेको थिममा उद्घाटन समारोह रहने बताइएको छ।

प्रतियोगितामा सहभागी हुने ३२ वटै टोलीका सस्कृतीलाई सम्बोधन हुने गरि पनि प्रस्तुती रहने छ। आयोजकले प्रतियोगिताका लागि छुट्याइएको ३१ लाखमध्ये २९ लाख टिकट विक्री भइसकेको बताएको छ।

यो प्रतियोगिता ५ अर्बले हेर्ने अनुमान आयोजकको छ। यसअघि रुस विश्वकप ३ अर्ब ५० करोडले हेरेको आयोजकको दावी थियो। उद्घाटन हुने अल बेत घुमन्तेहरुले अरबमा आफु बस्न प्रयोग गर्ने टेन्टको थिममा बनाइएको रंगशाला हो। यो रंगशाला कतार विश्वकपका लागि प्रयोग हुने ८ मध्ये दोस्रो ठुलो रंगशाला रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *