झापाको शिवसताक्षीमा मतदान रोकियो

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-१० बाल निकुञ्ज माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थागित भएको छ । प्रत्यक्षतर्फको मत समानुपातिकको मतपेटिकामा खसालेपछि मतदान स्थगित भएको हो ।

झापा क्षेत्र नम्बर-४ अन्तर्गत शिवसताक्षी नगरपालिका-१० को बाल निकुञ्ज माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा मतदान स्थगित भएको हो झापाका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । उनका अनुसार मतदान सुरू भएको केहीबेरमै स्थगित गर्नुपरेको हो ।

मतदान सुचारु गर्न बैठक बसिरहेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *