विराटनगर । निर्वाचन आयोगले बिहानैबाट मतदान गर्न आव्हान गरेपनि मतदान केन्द्रहरू सुनसान देखिएका छन् । स्थानीय तहको निर्वाचनमा बिहानैबाट मतदान केन्द्रमा सर्वसाधारणको भिडभाड भएपनि यस पटक मतदाता आइपुगेका छैनन् ।

साँझ ५ बजे नै रात पर्ने भन्दै निर्वाचन आयोगले बिहान सातै बजेबाट मतदानका लागि आव्हान गरेको थियो । दलहरूलाई पनि बिहानैबाट मतदानका लागि मतदाता ल्याउन सहजीकरण गर्न भनिएको थियो ।
प्रदेश निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले चिसोका कारण बिहान मतदाता कम आएको हुनसक्ने बताए ।


Leave a Reply