किसान श्रेष्ठविरुद्ध प्रचार गरेपछि कांग्रेसले गर्‍यो तीन नेतालाई कारवाही

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनको तर्फबाट बाराका उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ को विरुद्ध प्रचार गरेको आरोपमा पार्टीको ३ जनालाई कारवाही गरेको छ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधिसभा अन्र्तगत बारा ४ मा उम्मेदवार बनेका श्रेष्ठको विरुद्धमा प्रचार गरेपछि कांग्रेसले आफ्ना नेताहरुलाई कारवाही गरेको हो।

केन्द्रीय अनुसाशन संयोजक आनन्द प्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ अनुसार पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको उल्लेख गरेका छन्।

निष्काशित हुनेहरुमा बारा जिल्ला उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रिय प्रतिनिधि सुशील ढोडारी रहेको विज्ञप्तिमा उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *