मौन अवधिमा एमाले पत्रकारले भ्रम फैलाएको भन्दै माओवादी पत्रकार संगठनले जनायो आपत्ति

काठमाडौं । नेकपा माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टरले एमालेका पत्रकारले विभिन्न अनलाइनमा प्रकाशन भएजसरी प्रविधिको दुरुपयोग गरी स्क्रिनसट गरेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ ।

विज्ञप्ति जारी गर्दै सेन्टरले नेकपा (एमाले) का प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमाले सम्बद्ध केही पत्रकारले केही अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोप लगाएको छ ।

सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले विज्ञप्तिमा आपत्ति जनाएका छन् ।

‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो । यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो’, विज्ञप्तिमा भनिएको छ ।

Comments

One response to “मौन अवधिमा एमाले पत्रकारले भ्रम फैलाएको भन्दै माओवादी पत्रकार संगठनले जनायो आपत्ति”

  1. ksp pyl Avatar
    ksp pyl

    जस्तो ठगबन्धन त्यस्तै प्रेस संगठन । लुटेराहरूको समर्थक पनि लुटेरा नै हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *