छिपहरमाई गाउँपालिका पर्साका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले छिपहरमाई गाउँपालिका पर्साका अध्यक्ष मनोज कुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । गाउँपालिकाले भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी आयोगलाई प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । अन्यथा कानून बमोजिम कारवाही गर्ने आयोगले चेतावनी दिएको छ ।

निर्वाचन आयोगले फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगलाई जानकारी आएपछि धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेत र मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदी, रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटा, डडेल्धुरा क्याम्पसका हेमा भट्ट र जनज्योति आधारभूत प्राथमिक विद्यालयका सुनकोशी गाउँपालिका वडा नं ५, सिन्धुलीका भुवन आचार्यलाई पनि स्पष्टीकरण सोधेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *