फ्रान्सका स्ट्राइकर कुन्कुले विश्वकप गुमाउने

दोहा । चोटका कारण फ्रान्सका महत्वपूर्ण स्ट्राइकर क्रिस्टोफर कुन्कुले पनि कतार विश्वकप गुमाउने भएका छन्। २५ वर्षीय कुन्कु यो सिजन जर्मन लिग बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता हुन्।

उनले आरबी लेइपजिगका लागि १५ खेलमा १२ गोल गरेका छन्। मंगलबार प्रशिक्षणका क्रममा उनी घाइते भएका थिए।

उनको खुट्टामा चोट लागेको छ। चोटका कारण फ्रान्सका मिडफिल्डरद्धय कान्टे, पल पोग्वा र प्रिस्नेल किम्पेम्बेले पनि कतार विश्वकप गुमाउने पक्का भइसकेको छ। फ्रान्स साविक विजेता हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *