रोहितको कप्तानीमा यूएईविरुद्ध श्रृंखला खेल्ने टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार राति रोहित पौडेलको कप्तानीमा युएईविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

क्यानले शुक्रबार नै उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको थियो । नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबारबाट युएईविरुद्ध तीन एक दिवसीय शृंखला खेल्दैछ । शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ ।

नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, सोमपाल काम, करण केसी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भिम सार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह आदिल आलम, अर्जुन साउद, गुल्सन झा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *