सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ । वुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुगेसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अघि नै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न भएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव ऋषीराज भुसालले नेपाल प्रेसलाई जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *