आफूअनुकूल फैसला गराउन अख्तियारले न्यायालयलाई दबाब दिएको नेपाल बारको आरोप (भिडिओ)

काठमाडौं । नेपाल बार एसोसिएसनले आफूअनुकूल फैसला गराउनका लागि अख्तियारले न्यायालयलाई दबाब दिएको आरोप लगाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा अख्तियारले दिएको अभिव्यक्ति आफूअनुकूल फैसला गराउनका लागि दबाब भएको आरोप लगाएको हो । केही दिन अघि अख्तियारले पत्रकार सम्मेलन गरी विशेष अदालतमा भएका फैसलामा चित्त बुझाउन सक्ने अवस्था नरहेकाले सर्वोच्चमा पुनरावदेन दिएको जानकारी गराएको थियो ।

आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी अदालतमा न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पु¥याउने कार्य गरेको निष्कर्ष रहेको बारको भनाई छ ।

अदालतको फैसला चित्त नबुझे सर्वोच्चमा पुनरावदेन दिन सकिने भएपनि संवैधानिक निकायले आफ्नो मुद्धा असफल भएकै आधारमा सिंगो न्यायपालिकामाथि प्रश्न उठाउनु गम्भीर विषय भएको विशेष अदालत बार एसोसिएसनका अध्यक्ष चुढामणी शर्मा पौडेलले बताए । अख्तियारले अदालतप्रति दवाव गर्ने काम न्यायपालीकाप्रति हस्तक्षेप नै भएको उनको भनाई छ ।

त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले अख्तियारजस्तो जिम्मेवार संवैधानिक निकायले न्यायलयप्रति प्रश्न उठाउनु उचित नभएको बताए ।

बारले भ्रष्टाचार नियन्त्रणमा सबैको एक मत रहे पनि संवैधानिक निकायले न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जन सक्ने भाषा र शैलीमा प्रस्तुत हुन नहुने ठहर गरेको छ । राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरूले विधिको शासनको अक्षरश पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी अभिव्यक्तिहरु बारले ध्यानाकर्षण पनि गराएको छ ।

Comments

One response to “आफूअनुकूल फैसला गराउन अख्तियारले न्यायालयलाई दबाब दिएको नेपाल बारको आरोप (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपाल राज्यको सबैभन्दा भ्रष्ट निकाय न्यायालय र न्यायालयको सबैभन्दा भ्रष्ट तत्व वकिल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *