झापा । गृहजिल्ला आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग सेल्फी खिचाएका छन् । उनले तस्बिर खिचाउन चाहनेहरूसँग झण्डै ४ घण्टा समय दिएका थिए ।
एमालेले दमकस्थित फनपार्कमा ‘सेल्फी विथ केपी बा’ कार्यक्रमको आयोजना गरेको थियो । ओलीसँग सेल्फी खिच्न वृद्धवृद्धादेखि बालबालिकासम्म फनपार्क आएका थिए । बुधबार अबेरसम्म ओलीले तस्बिर खिचाएसँगै स्थानीय समस्या र सुझाव बुझेको एमाले नेता तुलसी कार्कीले जानकारी दिए ।
ठाउँ फराक, विभिन्न दृष्य र लाइटलाई ध्यान दिँदै तस्बिर खिच्न सहजका लागि पार्क रोजिएको कार्कीले बताए ।


Leave a Reply