अनुहारमा तातो तेल प्रहार, दुईजना घाइते

हेटौँडा । मकवानपुरको हेटौंडामा एक व्यक्तिले तातो तेल अनुहारमा छ्याप्दा दुईजना घाइते भएका छन्।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा आगो तापिरहेको समयमा सेल पकाइरहेको तातो तेल अनुहारमा छ्याप्दा दुईजना स्थानीय घाइते भएका हुन् ।

स्थानीय ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बा बसिरहेको अवस्थामा हेटौंडा १९ बस्तिपुर बस्ने २८ बर्षीय मोहन दोङले तेल छ्याप्दा भोलन र जिम्बा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। मापसेपछिको बिबाद भएपछि तातो तले प्रहार भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

दोङले सेल पकाउने तातो तेल अनुहारमा प्रहार गर्दा दुवैको अनुहार र आँखा जलेर घाइते भई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको जनाइएको छ।तेल प्रहार गर्ने मोहन दोङ प्रहरीलाई नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *