प्युठानमा जिप दुर्घटना: ३ जनाको मृत्यु, १२ जना घाइते

रूपन्देही । प्युठानमा मंगलबार राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर-५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, उनकी श्रीमती ४६ वर्षिया बच्ची थापा, सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रवक्ता सुशील थापा मगरका अनुसार बिजुवारबाट पुर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप प्युठान नगरपालिका(५ पुर्णागाउँ नजिक कुडापानीको घुम्टीमा मध्यरातमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा प्युठान नगरपालिका -५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षिय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ६ जनालाई बुटवल रिफर गरिएको छ । चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *